logo
  • शुक्रबार, कार्तिक १४, २०८३ / Friday, Oct, 30 ,2026

मलंगवा वितरण केन्द्र अन्तर्गत ३ घण्टा बिजुली काटिने


  • उज्यालो अभियान

प्रतिकात्मक तस्बीर ।

मलंगवा, ०५ बैशाख – सदरमुकाम मलंगवामा रहेको नेपाल विद्युत प्राधिकरणको वितरण केन्द्रबाट प्रवाह हुने बिजुली ३ घण्टा काटिने भएको छ ।

वितरण केन्द्रले आज बिहानै सामाजिक सन्जाल फेसबुकमार्फत सूचना जारी गरेर बिहान ८ बजेदेखि ११ बजेसम्मका लागि लाइन काट्न लागिएको जानकारी दिएको हो । आवश्यक मर्मत सम्भारका लागि विद्युत सप्लाई बन्द गर्न लागिएको वितरण केन्द्रले जनाएको छ ।

चर्को गर्मीमा बिजुली अवरुद्ध हुँदा स्थानीय भने मारमा पर्ने भएका छन् । सर्लाहीसहित मधेश क्षेत्रमा केही दिनदेखि टन्टलापुर घाम र उखरमाउलो गर्मी हुँदा जनजीवन प्रभावित बन्न थालेको छ ।

विद्युत प्राधिकरणले प्रायः बिदाको दिन पारेर लाइन मर्मतको काम गर्दै आइरहेको छ ।