हरिवन, २९ चैत – सर्लाहीको हरिवनमा आज बिहान सरसफाई गरिएको छ ।
सर्भिस फर पिसको आयोजना तथा हरिवन नगरपालिकाको सहयोग र विभिन्न सामाजिक संघसंस्थाको समन्वयमा हरिवन ११ स्थित नगरपालिका चोक आसपास सरसफाई गरिएको हो । सरसफाईमा स्थानीय उद्योगी, व्यवसायी, समाजसेवी, राजनीतिज्ञ र विभिन्न संघसंस्थामा आवद्ध अगुवा युवा सहभागी भएका थिए ।

सरसफाईको क्रममा जथाभावी फोहोर नफालौँ, डस्टबिनको प्रयोग गरौँ जस्ता नारा लेखिएको सचेतनामूलक स्टिकर समेत टाँस गरिएको नेपाली कांग्रेसकी नेतृ सोनीकुमारी बोम्जनले जानकारी दिए ।
