logo
  • शुक्रबार, कार्तिक १४, २०८३ / Friday, Oct, 30 ,2026

सागरनाथ वन विकास परियोजनामा कर्मचारी संगठन भंग


  • उज्यालो अभियान

सागरनाथ, १७ चैत – सर्लाहीको सागरनाथ वन विकास परियोजनामा कर्मचारी संगठन भंग गरिएको छ ।

नेकपा एमाले निकट उक्त संगठनको प्रारम्भिक कार्य समितिका अध्यक्ष प्रदीप अर्याल र सचिव युवराज कार्कीले आज सूचना जारी गर्दै संगठनको कार्य समिति भंग गरिएको उल्लेख गरेका हुन् ।

नयाँ बनेको सरकारले गरेको निर्णय बमोजिम कर्मचारी संगठन भंग गरिएको बताइएको छ ।

चैत १३ गते बसेको नवगठित मन्त्रीपरिषद्को बैठकले कर्मचारी संघ, संगठन भंग गर्ने निर्णय गरेको थियो ।