logo
  • शुक्रबार, कार्तिक १४, २०८३ / Friday, Oct, 30 ,2026

नारायणखोलामा बाटो मर्मत गर्न गाउँलेको निरन्तर श्रमदान


  • उज्यालो अभियान

नारायणखोला, १५ चैत – जिल्लाको कर्णाली भनेर चिनिने लालबन्दी नगरपालिका–१४, नारायणखोलामा स्थानीय वासिन्दाले बाटो मर्मतका लागि श्रमदान अभियानलाई निरन्तरता दिएका छन् ।

नारायणखोलालाई नगरपालिकाको केन्द्रसमेत रहेको लालबन्दी बजारसम्म जोड्ने उद्देश्यसहित श्रमदानको दोस्रो दिन हिजो शनिबार थप डेढ किलोमिटर बाटो मर्मत गरिएको स्थानीयवासी एवं वडाध्यक्षका प्रत्यासी भिमबहादुर पाख्रिनले उज्यालो अभियानसँग बताए ।

लालबन्दी नगरपालिका–१५, चिसापानीदेखि अर्नेडाँडा हुँदै लालबन्दी १४ को नारायणखोला, हात्तीसुँढे, तोरीबारी, मोथे भएर सिन्धुलीको मरिणसम्म जोड्ने बाटो मर्मतका लागि वडा र नगरपालिका कार्यालयले बेवास्ता गरेको भन्दै गाउँलेहरु आफै जुरमुराएर श्रमदान गरिरहेका हुन् ।

यसअघि यही चैत ७ गते पहिलो दिन नारायणखोलास्थित कालिदोभानबाट श्रमदान अभियान सुरु गरेर डेढ किलोमिटर सडक मर्मत गरिएको थियो । श्रमदानमार्फत बाटो मर्मत अभियान सुरु भएपछि विभिन्न व्यक्तिहरुले खन्ने औजार, चाउचाउ र पानी सहयोग गर्न थालेका छन् ।