logo
  • शुक्रबार, कार्तिक १४, २०८३ / Friday, Oct, 30 ,2026

मासु पसल अनुगमन : तौलमा गडबडी भेटियो


  • उज्यालो अभियान

मलंगवा, १५ चैत – सर्लाही सदरमुकाम मलंगवा बजारमा रहेका मासु पसलले मासुमा मिसावट र तौलमा गडबडी गर्ने गरेको पाइएको छ ।

जनगुनासोपछि हिजो मलंगवा नगरपालिका–९, का वडाध्यक्ष चन्देश्वर रायको नेतृत्वमा गरिएको अनुगमनमा मासुमा पम्प प्रयोग गरी हावा भरिएको, पानी मिसाइएको र उपभोक्तालाई कम तौल दिने गरिएको पाइएको हो । उपभोक्तामाथि ठगी गर्ने मासु पसल सञ्चालकलाई तत्काल सुधार गर्न निर्देशन दिइएको वडाध्यक्ष रायले जानकारी दिए ।

उनका अनुसार मासु पसलहरुलाई सरसफाईमा ध्यान दिन र कुनै पनि प्रकारको मिसावट नगर्न चेतावनी दिइएको छ । प्रहरीसहित विभिन्न निकायबिच समन्वय गरी गरिएको अनुगमनका क्रममा मासुमा हावा भर्न प्रयोग गरिएको पप्पसमेत फेला परेको छ ।

अनुगमनका क्रममा पहिलो पटक सचेत गराउने काम गरिएको र आगामी दिनमा अनुगमन गर्दा पुनः यस्तै प्रकारको लापरवाही फेला परे कानूनी कारवाही गर्ने चेतावनी दिइएको वडाध्यक्ष रायले बताए ।

सर्लाहीमा मासु पसलहरुको निकै कम अनुगमन हुने गरेको छ । उपभोक्ताले जिल्लाको प्रत्येक बजारका मासु पसलहरुमा यसै गरी अनुगमन गर्न माग गरेका छन् ।