सदरमुकाम मलंगवास्थित जिल्ला प्रहरी कार्यालय सर्लाही । (तस्बीर : उज्यालो अभियान)
मलंगवा, १० फागुन – सरकारले मधेशमा निर्वाचन सुरक्षाबारे बुझ्न खटाएको प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) उमाप्रसाद चतुर्वेदीले आज सर्लाही आएर सुरक्षा अधिकारीहरुसँग भेट गरेका छन् ।
उनले निर्वाचन सुरक्षा तयारी र रौतहट घटनापछि सर्लाहीको अवस्थाबारे यहाँका सुरक्षा अधिकारीहरुसँग जानकारी लिएका हुन् । एआइजी चतुर्वेदीले सुरक्षा अधिकारीसँग छलफल गरेपछि अहिले जिल्ला प्रहरी कार्यालय सर्लाहीमा प्रहरी अधिकारीहरुलाई थप निर्देशनसमेत दिने कार्यक्रम जारी रहेको जिल्ला प्रहरी कार्यालय स्रोतले जनाएको छ ।
रौतहट घटनापछि सर्लाहीका सुरक्षा निकाय उच्च सुरक्षा सावधानीका साथ तैनाथ छन् ।