logo
  • शुक्रबार, कार्तिक १४, २०८३ / Friday, Oct, 30 ,2026

मतदान अधिकृत र सहायक मतदान अधिकृतको तालिम सुरु


  • उज्यालो अभियान

जिल्ला निर्वाचन कार्यालय सर्लाही ।

मलंगवा, १० फागुन – सर्लाहीमा फागुन २१ गतेको निर्वाचनमा खटिने मतदान अधिकृत तथा सहायक मतदान अधिकृतलाई आजबाट तालिम प्रदान गर्न सुरु गरिएको छ ।

आज क्षेत्र नं. २ का मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई सदरमुकाम मलंगवास्थित सर्लाही क्याम्पसमा तालिम प्रदान गरिएको जिल्ला निर्वाचन अधिकारी ऋषिराम पौडेलले जानकारी दिए । यस्तै, भोली सोमबार क्षेत्र नं. ४ का मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि सर्लाही क्याम्पस मलंगवामा नै तालिमको आयोजना गरिएको छ ।

क्षेत्र नं. १ र ३ का मतदान अधिकृत तथा सहायक मतदान अधिकृतलाई क्रमशः फागुन १२ गते मङ्गलबार र १३ गते बुधबार लालबन्दीस्थित जनज्योति बहुमुखी क्याम्पसमा निर्वाचनलक्षित तालिम उपलब्ध गराइने सर्लाहीका मुख्य निर्वाचन अधिकृत पुष्पराज थपलियाले बताए ।