गोडैता, ०२ फागुन – सीमावर्ती क्षेत्रस्थित सर्लाहीको गोडैता नगरपालिका–९, बकैनियामा अवैद्य ढङ्गले सञ्चालित भट्टी पसल प्रहरीले भत्काएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले नेपाल–भारत सीमा नजिक खुलेका अवैद्य घरेलु मदिरा उत्पादन गरी बिक्री गर्ने भट्टी पसल नष्ट गरेको हो । त्यसक्रममा घरेलु मदिरा उत्पादन गर्न प्रयोग हुने कच्चा पदार्थ दुई हजार २०० लिटर र केही मात्रामा तयारी मदिरासमेत नष्ट गरिएको हो ।
बाँसका टाँटीले बेरेर बनाइएका भट्टी पसल भत्काएर तथा त्यहाँ रहेका मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ नष्ट गरेर प्रहरी टोली फर्किएको छ ।