logo
  • शुक्रबार, कार्तिक १४, २०८३ / Friday, Oct, 30 ,2026

कारागारमा खटियो नेपाली सेना


  • उज्यालो अभियान

सर्लाही सदरमुकाम मलंगवास्थित कारागार कार्यालयमा खटिएका नेपाली सेनाको टोली । (तस्बिर : उज्यालो अभियान)

मलंगवा, ०१ फागुन – सर्लाही सदरमुकाम मलंगवास्थित कारागार कार्यालयको सुरक्षामा नेपाली सेनाको टोली खटिएको छ ।

नेपाल सरकारको निर्णयअनुसार कारागारको सुरक्षाका लागि सैनिक टोली खटिएको नेपाली सेनााको पाँचकुमारीस्थित कालिध्वज गणका गणपति प्रमुख सेनानी उमेश खड्काले जानकारी दिए । विहिबार साँझ ५ बजेबाट नेपाली सेनाको टोली मलंगवास्थित कारागार कार्यालयको सुरक्षा व्यवस्थामा खटिएको हो ।

यसअघि नेपाल प्रहरीको टोलीले मात्र कारागारको सुरक्षा व्यवस्था हेर्ने गरेको थियो । विहिबार साँझबाट भने नेपाली सेना मलंगवा सुरक्षा बेशका उप-सेनानि जहेन्द्र सिंह ठगुन्नाको कमाण्डमा २५ जनाको टोली कारागारको सुरक्षा व्यवस्थामा खटिएको छ ।