logo
  • शुक्रबार, कार्तिक १४, २०८३ / Friday, Oct, 30 ,2026

लालबन्दी र आसपासको क्षेत्रमा ६ घण्टा बत्ती नआउने


  • उज्यालो अभियान

लालबन्दीस्थित नेपाल विद्युत् प्राधिकरणको वितरण केन्द्र । (तस्बीर : उज्यालो अभियान)

लालबन्दी, २२ माघ – सर्लाहीको लालबन्दी र आसपासको क्षेत्रमा आज दिउँसो ६ घण्टा बढी बत्ती काटिने भएको छ ।

लालबन्दी नगरपालिका ९ बस्तीपुर पुलमा ११ केभी लाइनका पोलहरु सानुपर्ने भएकाले दिउँसो ६ घण्टा बत्ती काट्न लागिएको हो । हाईवेलाई ४ लेनको बनाउनेक्रममा बस्तीपुर जनज्योति मावि अगाडिको पुललाई भत्काउने काम सुरु भएको छ ।

सो पुल भत्काएर छेउबाट डाइभर्सन बनाउनुपर्ने भएकाले त्यहाँ रहेका पोलहरु सार्न लागिएको हो । पोल सार्नका लागि बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म बत्ती काटिने नेपाल विद्युत् प्राधिकरणको लालबन्दी वितरण केन्द्रले जनाएको छ ।

यो समयभित्र लालबन्दी वितरण केन्द्र अन्तर्गत नवलपुर बजार, लालबन्दी बजार, रानिगन्ज, फूलजोर, परवानीपुर र घारिबथान क्षेत्रको बिजुली दिनभर नै अवरुद्ध हुने भएको छ ।

यसअघि अरु ठाउँमा पोल सार्दा पनि दिनभर जसो नै बत्ती काट्ने गरिएको थियो । लालबन्दी र आसपासको क्षेत्रमा अब आज दिनभर बत्ती नहुने भएकाले बिजुलीबाट हुने कामहरु प्रभावित हुने भएका छन् ।