लालबन्दी, १३ कात्तिक – नेपाली कांग्रेस लालबन्दीको १५ औँ नगर अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुको आज पदस्थापन कार्यक्रम सम्पन्न भएको छ ।
लालबन्दी ६ स्थित उद्योग वाणिज्य संघको सभा हलमा नवनिर्वाचित नगर सभापति नारायण गुर्मछानसहित अन्य पदाधिकारी र सदस्यहरुको पदस्थापन कार्यक्रम सम्पन्न भएको हो । नगर सभापति गुर्मछानसहितका पदाधिकारी सर्वसम्मत चयन भएका थिए ।
निवर्तमान नगर सभापति प्रशान्त आचार्यको अध्यक्षता तथा पार्टीका निवर्तमान केन्द्रीय सदस्य शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा नवनिर्वाचित क्षेत्रीय सभापति नवराज अधिकारी, लालबन्दी नगरपालिकाका प्रमुख वासुदेव अधिकारी, उपप्रमुख कल्पनामाया पाख्रिन, महाधिवेशन प्रतिनिधि कुवेर आचार्य, नेतृ शर्मिला थापालगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा मन्तव्य राख्ने कांग्रेस नेताहरुले आगामी स्थानीय तह निर्वाचनमा पार्टीभित्र कुनै अन्तरघात नगरी पार्टीका उम्मेदवारलाई जिताउन लाग्नुपर्नेमा जोड दिएका छन्