logo
  • शुक्रबार, कार्तिक १४, २०८३ / Friday, Oct, 30 ,2026

आइजिपी कार्की बरहथवा आउँदै


  • उज्यालो अभियान

हिजो बेलुका जिल्ला प्रहरी कार्यालय मलंगवा आइपुगेका एआइजी डम्बरबहादुर विकलाई स्वागत गर्दै जिल्ला प्रहरी प्रमुख एसपी योगेन्द्रकुमार खड्का ।

बरहथवा, २२ माघ – नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) दानबहादुर कार्की आज सर्लाहीको बरहथवा आउँदै छन् ।

इलाका प्रहरी कार्यालय बरहथवा परिसरमा निर्माण भएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र भवनको उद्घाटन गर्न आइजिपी कार्की बरहथवा आउन लागेका हुन् । उनले आज दिउँसो सो भवनको औपचारिक उद्घाटन गर्ने कार्यक्रम रहेको इलाका प्रहरी कार्यालय बरहथवाका डिएसपी निरन्जन भट्टराईले जानकारी दिए ।

यसै कार्यक्रमको पूर्व सन्ध्यामा प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) डम्बरबहादुर विश्वकर्मासहितको टोली हिजै जिल्ला प्रहरी कार्यालय मलंगवा आइपुगेको छ ।