प्रतिकात्मक तस्बिर ।
गोडैता, २० माघ – सर्लाहीको गोडैता नगरपालिका-१२, रोहुवामा मंगलबार एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।
रामनगर गाउँपालिका-५, बिर्ता टोलका ५० वर्षीय सुरेन्द्र ठाकुर मृत फेला परेका हुन् । बाटो छेउमा बेवारिसे पुरुष मृत अवस्थामा देखेपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए ।
स्थानीयसँग सोधखोज गर्दा मृतकको सनाखत भएको हो । घटनास्थलको प्रकृति मुचुल्का गरी शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा ल्याइएको प्रहरीले जनायो ।
मृतकको शरीरमा कुनै घाउ, चोटपटक नरहेको र मृत्युको कारण खुल्न नसकेको सर्लाही प्रहरीका सूचना अधिकारी एवं डिएसपी सरोज राईले बताए ।