logo
  • शुक्रबार, कार्तिक १४, २०८३ / Friday, Oct, 30 ,2026

कारमा ठोक्किँदा ट्याक्टर क्षतिग्रस्त, दुवै सवारीका चालक घाइते


  • उज्यालो अभियान

हरिवन, २० माघ – पूर्वपश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको हरिवन नगरपालिका ११ सम्राट होटल अगाडि गएसाँझ ट्याक्टर र कार ठोक्किँदा दुवै सवारीका चालक घाइते भएका छन् ।

पश्चिमतर्फबाट हरिवन आउँदै गरेको ना ६ त ८८९८ नम्वरको ट्याक्टर र हरिवनबाट पश्चिमतर्फ जाँदै गरेको बा २० च १११६ नम्वरको कार आपसमा ठोक्किएका हुन् । दुर्घटनामा ट्याक्टर चालक रौतहटको दुर्गा भगवती गाउँपालिका ४ छतौनाका २५ वर्षीय मुकेश यादव र कार चालक हरिवन नगरपालिका ९ नयाँरोडका ३८ वर्षीय समिर खड्का घाइते भएका छन् ।

ट्याक्टर चालक सिंहको हरिवनमा नै उपचार चलिरहेको छ भने कार चालक खड्कालाई हरिवनमा समान्य उपचारपछि वीरगन्ज रेफर गरिएको छ ।

दुर्घटनापछि ट्याक्टर क्षतिग्रस्त भएको छ । कारसँग ठोक्किँदा ट्याक्टरको अगाडिको भागमा अचम्मित हुने गरी टुक्रा परेको प्रत्यक्षदर्शीले बताएका छन् ।

दुवै सवारी इलाका प्रहरी कार्यालय हरिवनको नियन्त्रणमा रहेको छ ।