logo
  • शुक्रबार, कार्तिक १४, २०८३ / Friday, Oct, 30 ,2026

लगातार ३ दिनको बिदापछि खुल्दै कार्यालय


  • उज्यालो अभियान

लालबन्दीस्थित नेपाल विद्युत् प्राधिकरणको वितरण केन्द्र । (तस्बीर : उज्यालो अभियान)

मलंगवा, १० माघ – सर्लाहीसहित मधेश प्रदेशका सरकारी कार्यालय लगातार ३ दिनको बिदापछि आजबाट पुनः खुल्दै छन् ।

गएको शुक्रबार सहीद दिवसको बिदा, शनिबार नियमित बिदा र हिजो रविदास जयन्तीको अवसरमा मधेश सरकारले प्रदेशभर बिदा दिएको थियो । यसरी लगातार तीन दिनको बिदापछि आजदेखि सरकारी कार्यालयहरु संचालनमा आउन लागेका हुन् ।

लगातार ३ दिन कार्यालयहरु बन्द हुँदा सेवाग्राहीको अत्यावश्यक कामहरु रोकिन पुगेको थियो । संघीयतापछि प्रायः अधिकांश सरकारी कार्यालय प्रदेश सरकारको मातहतमा आइसकेका छन् ।

यस्तै तीन दिनको बिदापछि बैंक तथा वित्तीय संस्था र सामुदायिक विद्यालयहरु पनि आजदेखि खुल्दै छन् । संस्थागत विद्यालयहरु भने हिजैदेखि संचालनमा आएका थिए ।