नाढीमन, १८ माघ – सर्लाहीको चन्द्रनगरमा आज रविदास जयन्ती मनाइएको छ ।
रविदास सेवा समाजको आयोजनामा नाढीमन तालस्थित चन्द्रनगर गाउँपालिकाको परिसरमा ६४९ औँ रविदास जन्मजयन्ती मनाइएको हो । बहुजन समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजाराम पासवानको प्रमुख आतिथ्यतामा आयोजित रविदास जन्मजन्ती समारोहमा गाउँपालिका अध्यक्ष राजकुमार महतो, उपाध्यक्ष गीतादेवी महतो, विभिन्न वडाका वडाध्यक्ष, राजनीतिज्ञलगायतले मन्तव्य व्यक्त गरे ।
चन्द्रनगर गाउँपालिकामा करिव एक हजारको हाराहारीमा रविदासको विचार र पम्परासँग सम्वन्धित चमार समुदायको बसोवास छ ।
दलित तथा सीमान्तकृत समुदायले विशेष श्रद्धा र भक्तिपूर्वक रविदास जयन्ति (माघ पूर्णिमा) को अवसरमा मधेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा नै दिएको थियो ।