विपन्न परिवारलाई घरमै पुगेर फाइबर सिरक प्रदान गर्दै रेवती कुमार खड्का (दायाँ) (तस्बिर : उज्यालाे अभियान)
बागमती, पुस १९ – सर्लाहीकाे बागमती नगरपालिका निवासी एक मनकारी युवाले ३० थान फाइबर सिरक वितरण गरेका छन् ।

बागमती नगरपालिका वडा नम्बर ५ घर भएका रेवती कुमार खड्काले आफ्नै ब्यक्तिगत खर्चमा बागमती नगरपालिकास्थित विभिन्न वडामा ३० थान फाईबर सिरक बितरण गरेका हुन् । अति बिपन्न तथा अपांगता भएका परिवारलाई घर-घरमा पुगेर सिरक प्रदान गरिएकाे खड्काले जानकारी दिए ।
शितलहरसहितकाे चिसाेबाट अत्यन्त प्रभावित गरिब तथा विपन्न परिवारले खड्काप्रति हार्दिक आभार प्रकट गरेका छन् । अत्यन्त चिसाेका बेला फाइबर सिरक पाउँदा निकै राहत महसुस भएको बाग्मती-२ का पाल्साङ तमाङले बताए ।
खड्का काठमाडाैंमा हाेष्टेल ब्यवसाय गर्छन् । गरिब विपन्न परिवारलाई थाेरै भएपनि राहत पुगाेस् भन्ने उद्धेश्यले आफ्नाे आम्दानीबाट खरिद गरेर फाइबर सिरक वितरण गरेकाे खड्काले उज्यालाे अभियानलाई जानकारी दिए ।