हरिवन, ०१ पुस – पूर्वपश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको हरिवन नगरपालिका–११, स्थित नेपाल बैंक अगाडि गएसाँझ ट्रक र स्कुटर ठोक्किँदा स्कुटर चालक घाइते भएका छन् ।
घाइते स्कुटर चालकको वीरगन्जमा उपचार चलिरहेको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ । वीरगन्जबाट जनकपुर हिँडेको ना ६ ख ८१८५ नम्वरको ट्रकले ठक्कर दिँदा हरिवनबाट बागमतीतर्फ जाँदै गरेको प्रदेश २ ०३ ०१५ प ३२७५ नम्वरको स्कुटर चालक बागमती नगरपालिका २ का ५३ वर्षीय सोमबहादुर बल तामाङ घाइते भएका प्रहरीले जनाएको छ ।
घाइते तामाङलाई दुर्घटना लगत्तै अचेत भएपछि स्थानीयले उद्धार गरी उपचारका लागि नमूना अस्पताल हरिवन लगेका थिए । खतरामुक्त नै रहेका तामाङको अहिले वीरगन्जमा सामान्य अवस्थामै उपचार भइरहेको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।
ट्रक र ट्रकका चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।