logo
  • बिहिबार, कार्तिक १३, २०८३ / Thursday, Oct, 29 ,2026

मलंगवामा निकालियो कलश यात्रा


  • उज्यालो अभियान

मलंगवा, ०१ पुस – सर्लाही सदरमुकाम मलंगवामा हिजो ठुलो मासका बिच कलश यात्रा निकालिएको छ ।

मलंगवा नगरपालिका–१०, स्थित तिनबिघे मैदानमा आयोजना गरिएको श्री श्री १०८ श्रीमद् भागवत कथा महापुराण ज्ञान महायज्ञको अवसरमा कलश यात्रा निकालिएको हो । महायज्ञ ७ दिनसम्म संचालन हुने छ ।

महायज्ञको अवसरमा हिजो कलशयात्रा निकालिने भएकाले मलंगवा नगरपालिकाले सूचना जारी गरेरै हिजो एक दिनका लागि नगरभित्र पशुचौपाय बध, माछामासु र मदिराको बिक्री रोक लगाएको थियो ।