logo
  • बिहिबार, कार्तिक १३, २०८३ / Thursday, Oct, 29 ,2026

जेसिज सप्ताहको समापन


  • उज्यालो अभियान

तस्बिर : सन्जु कर्ण

हरिवन, २८ मंसिर – हरिवन सिटी जेसीजले जेसीज सप्ताहको हिजो समापन गरेको छ ।

हरिवन सिटी जेसीजका अध्यक्ष रामप्रवेश दासको अध्यक्षता तथा मधेश सरकारका विना बिभागिय मन्त्री जंगिलाल रायको प्रमुख आतिथ्यतामा सगुन बचत तथा ऋण सहकारी संस्थाको सभा हलमा जेसीज सप्ताहको समापन गरिएको हो । जेसीज सप्ताह अन्तर्गत रक्तदान, मानव सेवा आश्रममा सहयोग, विद्यार्थीलाई शैक्षिक सामग्री वितरण तथा सचेतनामूलक कार्यक्रमलगायतका गतिविधि गरिएको अध्यक्ष दासले बताए ।

जेसीज सप्ताह तथा जेसीजका अन्य गतिविधिलाई सफल बनाउने व्यक्तिहरुलाई सम्मान गर्दै कार्यक्रमको समापन गरिएको हो ।