वुद्धबहादुर विश्वकर्मा/२६ मंसिर – आयोजक नव संघर्षशील यूवा क्लब प्रथम हरिपुर गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आज सम्पन्न क्वान्टरफाइनल खेलमा चिडियादह फुटबल क्लब चन्द्रनिगाहपुर रौतहटलाई टाइबे्रकरमा ५–४ गोलले पराजित गर्दै चिडियादहले सेमिफाइनलमा वीरगन्ज युनाइटेड पर्सासँग भेट पक्का गरेको हो । निर्धारित समयमा दुवै टिमबाट गोल हुन नसकेपछि टाइबे्रकरबाट खेलको नजिता निकालिएको हो ।
यि दुई बिचको सेमीफाइनल खेल मंसिर २८ गते हुने छ । त्यसअघि पहिलो सेमिफाइनल खेलमा भोली टिएसपी धनुषा र एभरेष्ट एकेडेमी लालबन्दीबिच पहिलो सेमिफाइनल खेल हुने छ ।
फाइनल खेल भने आगामी पुस १ गते हुने छ । बिजेताले १ लाख ५० हजार र उपबिजेताले ७५ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।
नव संघर्षशील यूवा क्लबले हरिपुर २ सानो जगतपुरस्थित खेल मैदानमा हरिपुर नगरपालिका र हरिपुर २ नंं वडा कार्यालयको सहयोगमा फुटबल प्रतियोगिता आयोजना गरिरहेको हो ।