(तस्बीर : विवेककुमार यादव)
हरिपुर्वा, २६ मंसिर – सर्लाहीको हरिपुर्वा नगरपालिका ५ मा आज प्रहरी चौकी हरिपुर्वाको भवन शिलान्यास गरिएको छ ।
प्रहरी चौकी भवन निर्माण गर्न १५ वर्षअघि नै स्थानीय शुभकरण रायले तीन कठ्ठा जग्गा प्रदान गरेका थिए । रायले प्रदान गरेकै जग्गामा बन्ने प्रहरी कार्यालय भवनको आज इलाका प्रहरी कार्यालय केशरगन्जका प्रहरी निरीक्षक (इन्स्पेक्टर) नितेशकुमार सिंहले शिलान्यास गरेका हुन् ।
भवन निर्माण गर्न गृह मन्त्रालयबाटै ३ करोड बढी बजेट प्राप्त भएको प्रहरीले जनाएको छ । आफ्नै भवन नहुँदा प्रहरी चौकी हरिपुर्वा अहिले हरिपुर्वा बजारमा रहेको धर्मशालाबाट संचालन भइरहेको छ ।
दुई दिनअघि मात्रै प्रहरी चौकी मधुवनगोठको भवन शिलान्यास भएको थियो ।