logo
  • बिहिबार, कार्तिक १३, २०८३ / Thursday, Oct, 29 ,2026

हरिपुर गोल्डकप : बलियो चन्द्रनिगापुरसँग खेल्दै आयोजक 


  • उज्यालो अभियान

हरिपुर, २६ मंसिर – प्रथम हरिपुर गोल्डकपको दोस्रो क्वाटरफाइनलमा आज आयोजक नव संघर्षशील युवा क्लबले चिडियादह स्टार चन्द्रनिगाहपुरसँग प्रतिस्पर्धा गर्दै छ ।

प्रतियोगितामा सोझै बाइ पाएर क्वान्टरफाइनल खेल्न लागेको आयोजकले प्रतियोगिताकै बलियोमध्ये एक चन्द्रनिगाहपुरको सामना गर्न लागेको हो । खेल दिउँसो ३ बजेपछि हरिपुर नगरपालिका २ स्थित सानो जगतपुर खेल मैदानमा सुरु हुने छ ।

चन्द्रनिगाहपुरले पहिलो खेलमा हेटौंडा फूटबल एकेडेमी मकवानपुरलाई ३–० ले पराजित गरेको थियो । आजको बिजेताले फाइनल प्रवेशका लागि पर्सी २८ गते वीरगन्ज युनाइटेड पर्साको सामना गर्नुपर्ने हुन्छ ।

हिजो भएको पहिलो क्वाटरफाइनल खेलमा टिएसपी फुटबल क्लब धनुषाले ब्रदर्श यूथ क्लब दुधौली सिन्धुलीमाथि ५–१ को सहज जित निकाल्दै सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको छ ।

धनुषाले अब फाइनल प्रवेशका लागि भोली २७ गते पहिलो सेमिफाइनलमा एभरेष्ट फूटबल एकेडेमी लालबन्दीसँग प्रतिस्पर्धा गर्नुपर्ने छ ।

फाइनल खेल पुस १ गते हुने छ ।

हरिपुर नगरपालिका र हरिपुर २ नं. वडा कार्यालयको आर्थिक सहयोगमा आयोजित प्रतियोगिताको बिजेताले १ लाख ५० हजार र उपबिजेताले ७५ हजार प्राप्त गर्ने छन् ।