logo
  • बिहिबार, कार्तिक १३, २०८३ / Thursday, Oct, 29 ,2026

सीमा क्षेत्रबाट नक्कली नोटसहित युवक पक्राउ


  • उज्यालो अभियान

सदरमुकाम मलंगवास्थित जिल्ला प्रहरी कार्यालय सर्लाही । (तस्बीर : उज्यालो अभियान)

मलंगवा, २५ मंसिर – सर्लाहीको विष्णु गाउँपालिका–६, स्थित नेपाल भारत सीमा क्षेत्रबाट नक्कली नोटसहित एक युवक पक्राउ परेका छन् ।

कौडेना गाउँपालिका–५, छपकैयाका ३० वर्षीय फिरोज खानलाई प्रहरीले नक्कली नोटसहित पक्राउ गरेको हो । युवकको साथबाट नक्कली नेपाली रुपियाँ एक हजार दरका ९५ थान फेला पारिएको सर्लाहीका प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय सिमरा फेन्हराबाट खटिएको प्रहरीले भारतीय बजारबाट सिमरातर्फ अनटेष्ट मोटरसाइकल चलाएर आउँदै गरेका खानलाई शङ्का लागेर शरीर खानतलासी लिँदा नक्कली ९५ हजार रुपियाँ बरामद गरेको हो । खानले गोजीमा लुकाएर नक्कली नेपाली नोट बोकेका थिए । उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय ल्याइएकाो छ ।