logo
  • बिहिबार, कार्तिक १३, २०८३ / Thursday, Oct, 29 ,2026

खानेपानीको १४ औँ साधारण सभा सम्पन्न


  • उज्यालो अभियान

रानिगन्ज, २५ मंसिर – सर्लाहीको लालबन्दी नगरपालिका–१७ मा रहेको रानिगन्ज खानेपानी मूल उपभोक्ता समितिको हिजो १४ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

समितिका अध्यक्ष पुरुषोत्तम प्रसाद पौडेलको अध्यक्षता तथा प्रदेश सभा सदस्य बेची लुंगेलीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको स्थानीय बासुदेव महतोले जानकारी दिए । खानेपानीको साधारण सभामा निवर्तमान प्रतिनिधि सभा सदस्य रामप्रकाश चौधरी, पूर्व मन्त्री शम्भुलाल श्रेष्ठ, खानेपानी कार्यालयका प्रतिनिधि जितेन्द्र साह, जिल्ला समन्वय समितिका सदस्य रामबहादुर बम्जन, रामबहादुर खड्का, चूडामणि तिमिल्सना, नवराज अधिकारीलगायतको आतिथ्यता रहेको थियो ।

साधारण सभामा संस्थाले गएकोे आर्थिक वर्ष २०८१/८२ मा १९ लाख ८६ हजार ८७२ रुपैयाँ ७० पैसा आम्दानी गरेको मध्ये अन्य रकम खर्च गरेर हाल ४ लाख २ हजार ७५४ रुपैयाँ ६१ पैसा बैंकमा मौज्दात रहेको जानकारी गराइएको छ ।