logo
  • बिहिबार, कार्तिक १३, २०८३ / Thursday, Oct, 29 ,2026

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सकियो


  • उज्यालो अभियान

रिना आले/हरिवन, २४ मंसिर – लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आज सम्पन्न भएको छ ।

अभियानको अवसरमा १६ दिनसम्म जिल्लाभर सरकारी तथा गैरसरकारी स्तरबाट विविध कार्यक्रम भएका छन् । आज अभियान समापनको अवसरमा लालबन्दी, हरिवन, ईश्वरपुर, मलंगवा, हरिपुरसहित जिल्लाभर नै अन्तरक्रिया, प्रभातकारी, सम्मानलगायतका कार्यक्रम भएका छन् ।

हरिवनमा चेतना सन्देश नेपालले मधेश प्रदेशसभा सदस्य बेची लुंगेलीको प्रमुख आतिथ्यतामा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको संस्थाकी आरती लामाले जानकारी दिइन् । कार्यक्रममा महिला नेतृहरु विनिता दाहाल, भवानी कोइराला, रमा पौडेललगायतले विचार व्यक्त गरेका छन् ।

यस्तै लालबन्दीमा कार्यवाहक नगरप्रमुख वुद्धदेव चौधरीसहितको उपस्थितिमा लालबन्दी ६ स्थित पुरानो नगरपालिका कार्यालय अगाडि अन्तरक्रियासहितका कार्यक्रम गरी अभियानको समापन गरिएको नगरपालिकाको महिला तथा बालबालिका शाखाकी प्रमुख डाककुमारी फूँयालले बताईन् ।

यस्तै जिल्ला सदरमुकाम मलंगवा नगरपालिकाको अगुवाईम विभिन्न संघसंस्थाले लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको समापन गरेका छन् ।

वर्षेनि १६ दिनसम्म औपचारिक कार्यक्रमहरु गरी लैंगिक हिंसाविरुद्धको दिवस मनाउने गरिए पनि महिलामाथि नयाँनयाँ र पुरानै पनि डरलाग्दा किसिमका हिंसाका घटना भइरहेका छन् ।