logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

क्यान्सर पीडित थापाको उपचारमा सहयोग गर्न देउसीभैलो


  • उज्यालो अभियान

ब्लड क्यान्सर पीडित ढालबहादुर थापा (बासु) ।

हरिवन, ०५ कात्तिक – सर्लाहीको हरिवनमा क्यान्सर पीडित व्यक्तिका लागि स्थानीयले सामूहिकरुपमा देउसीभैलो खेलिरहेका छन् ।

प्राणघातक रोग ब्लड क्यान्सरबाट पीडित हरिवन नगरपालिका ११ बासाटोलका ढालबहादुर थापा (बासु) को उपचारमा सहयोग गर्न हरिवनका स्थानीय युवा, अगुवालगायत भएर देउसी भैलो खेलिरहेका हुन् । थापा नेपाली सेनाको बहालवाला क्याप्टेन हुन् ।

उनको भारतको नयाँदिल्लीमा उपचार भइरहेको छ । चिनमा उपचार सम्भव नभएपछि भारत लगिएको बताइएको छ ।

विभिन्न ठाउँमा उपचार गर्दा गर्दै भएको सम्पत्ति सकिएपछि थप उपचारका लागि समस्या परेको परिवारले बताएका छन् ।

थापा परिवारलाई थोरै भएपनि सहयोग मिलोस् भन्ने उद्देश्यले देउसी भैलो खेलिएको र यसबाट उठेको पैसा थापाको उपचारका लागि सहयोग गर्ने हरिवनका स्थानीयले बताएका छन् ।