logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

सुविधायुक्त २ वटा शिव पार्वती रात्रि बस थपिए


  • उज्यालो अभियान

नवलपुर, ०२ कात्तिक – सर्लाहीबाट संघीय राजधानी काठमाडौंसम्म संचालन हुने गरी सुविधायुक्त दुईवटा शिव पार्वती रात्रि बस थपिएका छन् ।

आधुनिकयुक्त र एसीको सुविधासहित २ करोड लगानी गरेर २ वटा नयाँ बस कात्तिक ३ गतेदेखि सर्लाही–काठमाडौं रुटमा संचालन हुने संचालक दीपक श्रेष्ठले बताए । उनका अनुसार काठमाडौंस्थित कोटेश्वर–गौशाला–वौद्ध–जोरपाटी–मलंगवा–कौडेना–चक्रघट्टा खण्डमा बस संचालन हुने छन् ।

यसअघि पनि शिव पार्वती बस संचालन हुने गरेका थिए । यात्रुको माग बमोजिम एसीसहितको सुविधायुक्त नयाँ सब संचालन गर्न लागिएको संचालक श्रेष्ठको भनाइ छ ।

बसमा निःशुल्क वाइफाइ र चार्जको सुविधासहित चार जनालाई सुतेरै यात्रा गर्ने व्यवस्थासमेत रहेको श्रेष्ठले बताए । २० वर्षदेखि बस संचालन गर्दै आएका श्रेष्ठले भूकम्प, कोभिडलगायत विपद्को समयमा निःशुल्क रुपमा बस सेवा प्रदान गरेका थिए ।