logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

नुहाउन गएकी बालिका खोलाले बगाएर बेपत्ता


  • उज्यालो अभियान

धनकौल, ३१ असोज – सर्लाहीको धनकौलमा मनुष्मारा खोलाले बगाएर एक बालिका बेपत्ता भएकी छन् ।

धनकौल गाउँपालिका–३, की सोनीकुमारी साह खोलाले बगाएर बेपत्ता भएकी हुन् । साह बिहीबार दिउँसोदेखि नै खोलाले बगाएर बेपत्ता रहेको इलाका प्रहरी कार्यालय बरहथवाका डिएसपी निरन्जन भट्टराईले उज्यालो अभियानसँग बताए ।

बालिका लुगा धुन र नुहाउन भनी खोलामा पुगेकी थिइन् । खोलाले बगाएर बेपत्ता बालिकाको शुक्रबार बिहानैदेखि खोजी जारी रहेको डिएसपी भट्टराईले बताएका छन् ।
बेपत्ता बालिकाको खोजीका लागि महोत्तरीको बर्दीवासस्थित सशस्त्र प्रहरीको पृतनाबाट तालिम प्राप्त गोताखोर मगाइएको बरहथवा प्रहरीले जनाएको छ ।