logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

लालबन्दीमा आज नगरपालिका र वडा कार्यालयहरु बन्द रहने


  • उज्यालो अभियान

लालबन्दी ८ स्थित हालको लालबन्दी नगरपालिकाको कार्यालय ।

लालबन्दी, २९ असोज – सर्लाहीको लालबन्दी नगरपालिकामा आज नगरपालिका कार्यालय र वडा कार्यालयहरु बन्द रहने भएका छन् ।

लालबन्दी ३ जब्दी भैरवपुरकी दलित वडा सदस्य जयलस देवी पासवानको निधनमा आज शोक बिदा दिँदै नगरपालिका र वडा कार्यालय बन्द गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त न्यौपानेले जानकारी दिए । लामो समयदेखि मृगौला, उच्च रक्तचापलगायत रोगबाट ग्रसित ६० वर्षीय दलित वडा सदस्य पासवानको हिजो बिहान भैरवपुरस्थित निवासमा निधन भएको थियो ।

वडा सदस्य एवं कांग्रेसको क्षेत्रीय प्रतिनिधिसमेत रहेकी पासवानको हिजै फूलजोर र कालिन्जोर खोलाको दोभानमा अन्त्येष्टि गरिएको लालबन्दी ३ का वडा अध्यक्ष वुद्धदेव चौधरीले जानकारी दिए । पासवानको पार्थिव शरीरमा नेपाली कांग्रेसका नेता, जनप्रतिनिधिलगायतले झण्डा ओढाएर श्रद्धान्जली व्यक्त गरेका छन् ।

जनप्रतिनिधिको निधन हुँदा पालिकाहरुले एक दिन बिदा दिने गरेका छन् । लालबन्दी ३ जब्दीमा गत वर्ष मात्रै अर्का वडा सदस्य जोधन ठाकुर हजामको निधन भएको थियो ।