logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

दिउँसो गर्मी भएपनि बिहान–बेलुका चिसो पस्न थाल्यो 


  • उज्यालो अभियान

फाइल तस्बीर ।

लालबन्दी, २५ असोज – सर्लाहीसहित तराई क्षेत्रमा बिहान–बेलुका चिसो बढ्दै जान थालेको छ ।

यहाँ दिनभर भने टन्टलापुर घाम लागेर गर्मी नै महसुस हुन्छ । तर, बिहान बेलुका र रातको समयमा विस्तारै चिसो पस्न थालेको महसुस सर्वसाधारणले गर्न थालेका छन् ।

मौसम परिवर्तनसँगै बिहान–बेलुका शीत पर्ने र दिन छोटो तथा रात लामो हुन सुरु भएको छ । चिकित्सकले यो समयमा मौसम परिवर्तनजन्य स्वास्थ्य समस्या बढ्ने भएकाले स्वस्थकर खानेकुरा खान, धुलो धुँवाबाट बच्न, रुघाखोकी, ज्वरो जस्ता स्वास्थ्य समस्या देखिए स्वास्थ्य संस्थामा गएर स्वास्थ्य परीक्षण गर्न सुझाव दिएका छन् ।

अब धुलो, धुँवाको प्रदुषण विस्तारै बढ्दै जाने भएकाले अझ सावधानी अपनाउनुपर्ने चिकित्सकको भनाइ छ । सर्लाहीमा एक साताअघि २/३ दिन झरी परेको थियो । त्यसपछि भने निरन्तर मौसम उघ्रिएर घाम लागिरहेको छ ।

मौसम उघ्रिएकै बेला धान पाकिसकेको किसान धान भित्र्याउन ब्यस्त छन् । अन्य बाली लगाएका किसान पनि आ–आफ्नो खेतीबालीमा संलग्न भइरहेका हाम्रा संवाददाताले जनाएका छन् ।