logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

शुल्क तिरेर लखन्देहीकाे भेल तर्दै स्थानीय


  • उज्यालो अभियान

Oplus_131072

मलंगवा, २० असोज – सर्लाहीको कौडेना गाउँपालिका-३ पर्साटाेलादेखि केहि पश्चिम लखन्देही खोलाले बगाएकाे हुलाकी राजमार्ग यात्रा गर्नका लागि सर्बसाधारणले शुल्क तिर्न बाध्य भएका छन् ।

शनिबार राती बाढीले करिव १५० मिटर सडक बगाएपछि पूर्व-पश्चिम हुलाकी राजमार्ग अवरुद्ध बनेको छ । लखन्देहीकाे भेल बगिरहेकाे हुलाकी राजमार्गकाे छेउबाट साेमबार बिहानबाट स्थानीय केही युवाहरुले बाँस र पटाकाे लच्का बनाएर माेटरसाइकल, साइकल र मान्छे वारपार गर्ने व्यवस्था मिलाएका हुन् । उनिहरुले प्रति माेटरसाइकल १०० रुपैंया, साइकलकाे २० रुपैंया र एकजना मान्छेकाे १० रुपैंया शुल्क लिने गरेका छन् ।

गोडैता नगरपालिका, बलरा नगरपालिका, विष्णु गाउँपालिका, धनकौल गाउँपालिका र रामनगर गाउँपालिकाक स्थानीयहरु सदरमुकाम मलंगवा आउजाउ गर्ने मुख्य बाटाे हुलाकी राजमार्ग नै हाे ।

फुलपरासीस्थित लखन्देही खाेलामा पक्की पुल नहुँदा निकै वर्षअघि पनि हरेक वर्षायाममा सर्बसाधारणहरु यसैगरि स्थानीय युवकलाई शुल्क तिरेर आउजाउ गर्न बाध्य थिए ।