logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

भारतको ‘एसएसबी रोड’ का कारण मलंगवा डुबानमा (तस्बिरहरु)


  • उज्यालो अभियान

जलमग्न बनेको मलंगवाबाट भारतको सोनवर्षा जाने मुख्य सडक । (तस्बिर : उज्यालो अभियान)

मलंगवा, १९ असोज – भारतले निर्माण गरेको ‘एसएसबी रोड’ ले पानीको निकास रोकेका कारण सदरमुकाम मलंगवाको दक्षिण-पूर्वी भाग डुबानमा परेको छ ।

गस्ती लगायत सुरक्षा व्यवस्थाका लागि भन्दै भारतले सिमाक्षेत्रमा माटो तथा गिट्टी हुरेर अग्लो एसएसबी रोड बनाएको र सोही रोडका कारण पानीको निकास नहुँदा मलंगवा क्षेत्र डुबानमा परेको हो । गोरखकाली प्रहरी चौकी, भन्सार कार्यालय लगायत उक्त क्षेत्र रातीदेखि नै डुबानमा परेको हो । केहीवर्ष अघिसम्म झिम खोलाको बाढी पसेर मलंगवामा डुबान हुन्थ्यो । तर खोला किनारमा तटबन्ध गरिएकाले विगत केही वर्षयता वर्षायाममा झिम खोलाको पानी मलंगवा पस्ने गरेको छैन ।

भारतले निर्माण गरेको उक्त सडककै कारण यसवर्ष मलंगवाको दक्षिण-पूर्वी क्षेत्र शनिबार रातीदेखि नै डुबानमा परेको एक स्थानीयले बताए ।