logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

स्वस्तिकको २६ औँ वार्षिक साधारण सभा सम्पन्न


  • उज्यालो अभियान

बयलवास, १० असोज – सर्लाहीको ईश्वरपुर नगरपालिका ६ बयलवास बजारमा रहेको स्वस्तिक बचत तथा ऋण सहकारी संस्थाको बिहीबार २६ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष विष्णुहरि मैनालीको अध्यक्षता तथा ज्येष्ठ शेयर सदस्य (८२ वर्षीय) हरिबहादुर कटुवालको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो । संस्थाले गत आर्थिक वर्ष २०८१/८२ मा ३४ करोड ४२ लाख ७० हार ६९६ रुपैयाँ कूल कारोवार गरी ६ लाख ७८ हजार ४३२ रुपैयाँ खुद मुनाफा आर्जन गरेको संस्थाका व्यवस्थापक विनोदकुमार थापाले जानकारी दिए ।

थापाका अनुसार सहकारी नियन्त्रण प्राधिकरणको निर्देशन अनुसार यो वर्ष साधारण सभालाई रक्तदानबाहेक थप अन्य कार्यक्रम आयोजना गरिएन् । साधारण सभाकै अवसरमा आयोजित रक्तदान कार्यक्रममा २६ जनाले रक्तदान गरेका संस्थाका व्यवस्थपक थापाले बताए ।