logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

४ घण्टापछि सुचारु भयो बिजुली


  • उज्यालो अभियान

हरिपूर्वामा अलपत्र रहेको विद्युत् सवस्टेशन । (तस्बीर : उज्यालो अभियान)

नवलपुर, ०३ असोज – सर्लाहीमा आज जिल्लाभर ४ घण्टा बिजुली अवरुद्ध गरेर मर्मतको काम गरिएको छ ।

नवलपुरस्थित सवस्टेशनमा ६३ एमभिए ट्रान्सफर्मरमा एच भि साइडको सर्किट ब्रेकर कन्ट्रोल वाइरिङ गर्न जिल्लाभर दिउँसो ४ घण्टा लाइन सट–डाउन गरिएको थियो । ढल्केबर ग्रिड महाशाखाले सूचना जारी आज शुक्रबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म जिल्लाभरको बिजुली काटिने जनाएको थियो ।

उक्त सूचना अनुसार लालबन्दी, बरहथवा र मलंगवा वितरण केन्द्र अन्तर्गतको सबै क्षेत्रमा आज ४ घण्टा बिजुली अवरुद्ध गरेर आवश्यक मर्मतको काम गरिएको ढल्केबर ग्रिड महाशाखा प्रमुख इन्जिनियर सूर्यनारायण मण्डलले जानकारी दिए । दिउँसोबाट बिजुली सुचारु भएसँगै बिजुलीबाट हुने काम नियमित भइसकेका छन् ।

नवलपुर सवस्टेशनमा यसअघि पनि मर्मत सम्भारका लागि घण्टौँ बिजुली अवरुद्ध गरेर काम हुने गरेको थियो । विद्युत प्राधिकरणले प्रायः सार्वजनिक बिदाको दिन पारेर यस प्रकारको मर्मत सम्भारको काम गर्दै आइरहेको छ ।