logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

बाल संरक्षण संस्थाको २५ औँ वार्षिक साधारण सभा सम्पन्न


  • उज्यालो अभियान

लालबन्दी, ०३ असोज – सर्लाहीको लालबन्दी नगरपालिका ९ मा रहेको बाल संरक्षण संस्थाको आज २५ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

संस्थाकी अध्यक्ष राधा घिमिरेको अध्यक्षता तथा मधेश प्रदेश सभा सदस्य बेची लुंगेलीको प्रमुख आतिथ्यतामा डुमडुमे स्थिति संस्थाको आफ्नै कार्यालयमा साधारण सभा सम्पन्न भएको हो । सो अवसरमा संस्थाले वार्षिक खर्च विवरणसँगै आगामी आर्थिक वर्षको नीति तथा योजना र कार्यक्रम पारित गरेको छ ।

सभालाई लालबन्दी नगरपालिकाका महिला तथा बालबालिका शाखाकी प्रमुख डाँककुमारी फूँयाल, नेपाल हृदय रोग प्रतिष्ठान सर्लाहीका अध्यक्ष बाबुकाजी नुच्छे प्रधान, शिवप्रसाद न्यौपानेलगायतले मन्तव्य व्यक्त गरेका छन् ।

साधारण सभाको अवसरमा लालबन्दी नगरपालिकाभित्रका विभिन्न विद्यालयका विद्यार्थीलाई स्कुल ब्याग प्रदान गरी सम्मान गरिएको संस्थाले जनाएको छ ।