सर्लाही जिल्ला अदालत । (तस्बीर : उज्यालो अभियान)
मलंगवा, २९ भदौ – सर्लाही जिल्ला अदातले पेशीमा रहेको मुद्दाको सुनुवाईबाहेक अन्य सम्पूर्ण सेवा आजबाट सूचारु गरेको छ ।
अदालतका श्रेस्तेदार एवं उपसचिव ज्ञानबहादुर खत्रीले मुद्दाको सुनुवाई भने केही दिनपछि सुरु हुने जानकारी दिनुभयो । जेनजी पुस्ताको प्रदर्शनका क्रममा सदरमुकाम मलङ्गवामा रहेको सर्लाही जिल्ला अदालतमा पनि तोडफोड हुँदा झ्यालका सिसा र सवारी साधनका सिसा फुटेका छन् । अन्यत्रको तुलनामा कम क्षति भएपनि सुरक्षाको कारणलगायतलाई ध्यान दिइ तत्काल मुद्दाको सुनुवाई कार्य अघि बढाउन नसकिएको श्रेस्तेदार खत्रीले उज्यालो अभियानसँग बताए ।
खत्रीका अनुसार आन्दोलन चर्किएको समयमा समेत अदालतले थुनुवाहरुलाई म्याद थप गर्नेसहितका सेवा प्रदान गरेको थियो । अवस्था सामान्य बनेसँगै बन्दी प्रत्यक्षीकरणको निवेदन, सजाय निर्धारण, मुद्दा दर्ता र थुनछेक आदेश जस्ता सेवा आजबाट सुरु गरिएको सर्लाही जिल्ला अदालतले जनाएको छ ।