logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

आजदेखि सरकारी कार्यालयको सेवा सूचारु गर्न निर्देशन


  • उज्यालो अभियान

मलंगवा, २९ भदौ – जिल्ला प्रशासन कार्यालय सर्लाहीले आजदेखि सम्पूर्ण कर्मचारीलाई आ–आफ्नो कार्यालयमा उपस्थित भई सरकारी कार्यालयबाट प्रदान गरिने सेवा सूचारु गर्न निर्देशन दिएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी शिवहरि पोखरेलले सूचना जारी गर्दै कर्मचारीलाई आजदेखि आ–आफ्नो कार्यालयमा हाजिर भएर सेवा प्रवाह सुरु गर्न भनेका हुन् । पछिल्लो राजनीतिक घटनाक्रम र त्यसबाट सृजना भएको असहज परिस्थितिका कारण गएको बुधबारदेखि सर्लाहीसहित देशभरका सरकारी कार्यालयको सेवा प्रभावित भएको छ ।

जिल्ला प्रशासन कार्यालयले सेवा प्रवाह गर्न निर्देशन दिएपनि सर्लाहीमा आधा दर्जन बढी पालिकामा आगजनी तथा तोडफोड भएकाले तत्काल सेवा सुरु गर्न सक्ने अवस्था छैन् । यहाँको लालबन्दी, हरिवन, बागमती, हरिपुर, बरहथवा, ईश्वरपुर, चन्द्रनगरलगायत पालिकामा आगलागीबाट कार्यालय भवन, फर्निचर, कम्प्युटर, आगजात, सवारी सबै आगलागीबाट जलेकाले तत्काल सेवा संचालन गर्न सक्ने अवस्था नरहेको जनप्रतिनिधि र कर्मचारीले बताएका छन् ।

लालबन्दी र हरिवनमा आधा दर्जन बढी वडा कार्यालयमा पनि आगजनीबाट क्षति पुगेको छ । यस्तै जिल्लामा आजबाट अधिकांश सामुदायिक र निजी विद्यालय संचालनमा आएका छन् ।