logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

घरमै पुगेर नागरिकता प्रदान


  • उज्यालो अभियान

मलंगवा, २२ भदौ – जिल्ला प्रशासन कार्यालय सर्लाहीले एक जना अशक्त र एक वृद्ध दम्पत्तिलाई आज घरमै पुगेर नागरिकता प्रदान गरेको छ ।

प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठ, सहायक प्रमुख जिल्ला अधिकारी शिवहरि पोखरेलसहितले गोडैता नगरपालिका–५, रामवनका ८१ वर्षीय फरमूद मिया, उनकी श्रीमती ७९ वर्षीया ऐसा खातुन र कबिलासी नगरपालिका–७, जमुनियाका ७३ वर्षीया सैरुल खातुन फकिरलाई घरमै पुगेर नागरिकता प्रदान गरेका हुन् । मियाँ दम्पत्ति वृद्धवृद्धा र सैरुल शारीरिक रुपमा अशक्त हुन् ।

मियाँ दम्पत्तिलाई नागरिकताको प्रथम प्रतिलिपी र सैरुललाई दोस्रो प्रतिलिपी प्रदान गरिएको जिल्ला प्रशासन कार्यालय सर्लाहीका कम्प्युटर अपरेटर मुकेश यादवले जानकारी दिए । यादवका अनुसार गोडैतामा नगरप्रमुख देवेन्द्र यादव र कबिलासीमा नगरप्रमुख ब्रह्मदेव रायसहितका जनप्रतिनिधिको उपस्थितिमा तीनै जना सेवाग्राहीलाई घरमा पुगेर नागरिकता हस्तान्तरण गरिएको हो ।

नागरिकता सम्वन्धी सेवा लिन जिल्ला प्रशासन कार्यालय मलंगवा धाउनुपर्ने सेवाग्राही प्रमुख जिल्ला अधिकारीसहितको टोलीले घरमै आएर नागरिकता प्रदान गरेपछि खुसी भएका छन् ।