फाइल तस्बीर ।
लालबन्दी, १९ भदौ – राति केही क्षेत्रमा छिटपुट वर्षा भएको सर्लाहीमा आज पनि मौसम बिहानैदेखि धाम्मधुम्म भइरहेको छ ।
यहाँ कुनै बेला चर्किएर घाम लाग्ने र कुनै बेला धाम्मधुम्म हुने भइरहेको हो । यसअघि राति पूर्वपश्चिम राजमार्ग क्षेत्र र यस आसपास सामान्य पानी परेको थियो । हिजो अपरान्हपख त चुरेवर्ती केही क्षेत्रमा एक झर राम्रैसँग वर्षा भएको स्थानीयले बताएका छन् ।
पर्याप्त पानी पर्न नसक्दा किसानलाई धान बालीमा सिँचाई गर्न समस्या परिरहेको छ । किसानले धान बालीमा रातदिन मोटर चलाएर सिँचाई गरिरहेका छन् ।
भूमिगत पानी नलाग्ने क्षेत्रमा त वर्षा नहुँदा धान खेतमा धाजा फाटेर गइरहेको किसानले गुनासो गरेका छन् ।