जब्दी, १८ भदौ – सर्लाहीको लालबन्दी नगरपालिका–३, जब्दीमा आज थारु महिलाले जितिया पर्व मनाएका छन् ।
थारु बाहुल्य जब्दी गाउँका महिलाले वडा कार्यालयको सहयोगमा ऐतिहासिक जितिया पर्व नाचगान गर्दै हर्षोउल्लापूर्वक मनाएका हुन् । वडाध्यक्ष वुद्धदेव चौधरीको प्रमुख आतिथ्यता तथा वडाका अन्य जनप्रतिनिधि र कर्मचारीको उपस्थितिमा पर्व मनाइएको स्थानीय थारु महिलाले बताएका छन् ।
थारु समुदायमा आफ्नो सन्तानको दीर्घायूको कामना गर्दै जितिया पर्व मनाउने परम्परा रहेको छ ।