logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

भदौ २० र २१ गते जेसीज सम्मेलन हुने


  • उज्यालो अभियान

मलंगवा, १८ भदौ – सर्लाही सदरमुकाम मलंगवामा भदौ २० र २१ गते नेपाल जेसीज क्षेत्र ‘‘क” सम्मेलन २०२५ हुने भएको छ ।

आयोजकले आज पत्रकार सम्मेलन गरी युवा नेतृत्व, व्यत्तित्व विकास र उद्यमशीलता प्रवद्र्धनको उद्देश्यसहित सम्मेलन आयोजना गर्न लागिएको जानकारी दिएको हो । होटल कुसुम पार्टी प्यालेस मलंगवा ८ मा हुने सम्मेलनको तीव्रताका साथ तयारी भइरहेको सम्मेलन मूल आयोजक समितिले जनाएको छ ।

सम्मेलनका निर्देशक विभाषकुमार कर्णले सम्मेलनमा नेपाल जेसीज क्षेत्र ‘‘क” अन्तर्गतका ४६ शाखाका प्रतिनिधि, नेपाल जेसीजका क्षेत्र ख, ग र घ शाखाका पदाधिकारी, पूर्व राष्ट्रिय अध्यक्षहरु, जिल्लाका विभिन्न संघसंस्थाका पदाधिकारी तथा सदस्यलगायत गरी एक हजार भन्दा बढीको उपस्थिति रहने जानकारी दिए ।

सम्मेलनलाई भव्य र उपलब्धिपूर्ण बनाउन मलंगवा जेसीजले समेत साथ दिइरहेको शाखा अध्यक्ष प्रवीण गुप्ताले बताए ।