हरिवन, १५ भदौ – सर्लाहीको हरिवन बजारका व्यापारीले आज विभिन्न ९ वटा बुँदासहित नगरपालिका कार्यालयमा ज्ञापन पत्र बुझाएका छन् ।

उनीहरुले कोरोनापछि पनि व्यापार हुन नसकेको गुनासो पोख्दै कोरोना कालको एक वर्षको सर्टर भाडा मिनाहा गर्न, चाडपर्वसम्म मिना बजारको संरचना नभत्काउन, सटरको भाडा व्यापारीको सहमतीमा निर्धारण गरेर गोलाप्रथा गरी भाडा लगाउन, सटरको भाडा किस्ता बन्दीमा तिर्ने व्यवस्था मिलाउन, व्यापारीलाई शौचालय र पानीको व्यवस्थापन गर्न माग गरेका हुन् ।
मिना बजार व्यवस्थापन समितिका अध्यक्ष मनोजकुमार साहको हस्ताक्षरसहित व्यापारीले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज फूँयाललाई भेटेर ज्ञापन पत्र बुझाएका हुन् ।