चुरेवर्ती क्षेत्रमा पानी परिरहँदा देखिएको दृश्य । (तस्बीर : उज्यालो अभियान)
पत्थरकोट, १२ भदौ – अहिले साँझपख सर्लाहीको चुरेवर्ती क्षेत्रको पत्थरकोट, परवानीपुर, नारायणखोला, अत्रौलीलगायत भेगमा भारी वर्षा भइरहेको छ ।
यस क्षेत्रमा हिजो पनि ठूलो पानी परेको थियो । दक्षिणी भेगमा भने मौसम धुम्मिए पनि पानी नपरेको स्थानीयले जानकारी दिएका छन् ।
चुरेभेगमा ठूलो पानी परेकाले सीमावर्ती क्षेत्रसम्म नै बाढीको जोखिम देखिन्छ ।