परवानीपुर, ११ भदौ – सर्लाहीको चुरेवर्ती क्षेत्रका विभिन्न ठाउँमा अहिले साँझपख वर्षा भइरहेको छ ।
लालबन्दी र आसपासको क्षेत्रमा भने केहीबेर पानी छिट्याएर टरेको छ ।
जिल्लाको अन्य भेगमा मौसम धुम्मिए पनि पानी परेको छैन् । सर्लाहीमा यो वर्ष चुरेवर्ती क्षेत्रमा बारम्बार वर्षा भएपनि दक्षिणी बेल्टमा निकै कम पानी परेको छ ।