logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

मौसम बदली तर पानी पर्न सकेन


  • उज्यालो अभियान

हरिवन, ०२ भदौ – सर्लाहीमा आज पनि दिउँसोबाट मौसम बदली भइरहेको छ ।

यहाँ दिउँसोपख आकाश गड्याङगुडुङ गरेर पानी पर्ला जस्तो भयो । तर पानी नपरी टरेको छ । चुरेभेगका केही ठाउँमा भने पानी परेको स्थानीयले बताएका छन् ।

चुरेवर्ती क्षेत्रमा लगातारजसो पानी पर्दै आइरहेको छ । तर दक्षिणी बेल्टमा आज पनि पानी नपरी टरेको हो ।

अहिले साँझपख पनि यहाँको मौसम धुम्मिएर शित्तल हुँदा स्थानीयले राहत महसुस गरिरहेका छन् । तर बिहानैदेखि दिउँसोसम्म भने टन्टलापुर घाम लागेर अत्यधिक गर्मी भएको थियो ।