logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

दीपेन्द्र स्मृति सामुदायिक वनको अध्यक्षमा पुनः श्रेष्ठ चयन


  • उज्यालो अभियान

तस्बिर : सोनाम तामाङ ।

परवानीपुर, ३० साउन – सर्लाहीको लालबन्दी नगरपालिका–१६, परवानीपुरमा रहेको श्री ५ दीपेन्द्र स्मृति सामुदायिक वन उपभोक्ता समितिको अध्यक्षमा पुनः गंगाबहादुर श्रेष्ठ चयन भएका छन् ।

आज सम्पन्न वनको साधारण सभाले श्रेष्ठ अध्यक्ष रहने गरी १३ सदस्यीय कार्य समिति सर्वसम्मत चयन गरेको हो । लालबन्दी १६ का वडाध्यक्ष गणेशबहादुर थापाको प्रमुख आतिथ्यतामा आयोजित वनको साधारण सभामा वडा सदस्य सन्चर सुनुवार, जनज्योति आधारभूत विद्यालय भोर्लेनीका अध्यक्ष पदमबहादुर श्रेष्ठ, मिरमिरे युवा क्लबका अध्यक्ष रमेशकुमार गुर्मछानलगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रमको संचालन लक्ष्मीमाया भण्डारी कार्कीले गरेकी थिईन् ।