logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

कुलोमा डुबेर बालकको ज्यान गयो


  • उज्यालो अभियान

प्रतिकात्मक तस्बिर ।

शंकरपुर, २४ साउन – सर्लाहीको शंकरपुरमा कुलोमा डुबेर एक बालकको मृत्यु भएको छ ।

घर नजिकै रहेको बागमती सिँचाई आयोजनाको कुलोमा डुबेर बागमती नगरपालिका–१०, शङ्करपुरस्थित नयाँबस्तीका १४ वर्षीय कृष्ण मल्लिकको मृत्यु भएको हो । दिनेश मल्लिकका छोरा कृष्ण नुहाउन जाँदा कुलोमा डुबेका प्रहरीले जनाएको छ ।

कुलो भत्किएर पोखरी जस्तो भएको ठाउँमा डुबेका बालकको घटनास्थलमै मृत्यु भएको स्थानीयले बताएका छन् । मृतकको शव घटनास्थलबाट निकालेर पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा पठाइएको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायब उपरीक्षक निरन्जन भट्टराईले जानकारी दिए ।

बालक डुबेको स्थानमा स्थानीय बालबालिका र अन्य मानिस नियमितजसो नुहाउने र लुगा धुने गर्दै आइरहेका छन् ।