logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

सर्लाहीको मौसम : कतै सिमसिम पानी, कतै धुम्म


  • उज्यालो अभियान

लालबन्दी, २४ साउन – सर्लाहीको मौसम आज पनि बदली भएको छ ।

यहाँ अहिले बिहान कतै सिमसिम पानी परिरहेको छ भने कतै मौसम पानी पर्ला जस्तो भई धुम्मिरहेको स्थानीयले जानकारी दिएका छन् । यसअघि हिजो साँझपख पूर्व पश्चिम राजमार्ग क्षेत्रको फूलजोर, रानिगन्ज, लालबन्दी, नवलपुर, नयाँरोड, बागमती क्षेत्र र ईश्वरपुर, हरिपूर्वा, हरिपुरलगायत भेगमा एक घण्टाजति मुसलधारे वर्षा भएको थियो ।

यो साता सर्लाहीसहित तराई क्षेत्रमा राम्रोसँग वर्षा भएको छ । तर सीमावर्ती क्षेत्रमा भने सामान्य वर्षा भए पनि भल नै बग्ने गरी ठूलो पानी पर्न नसकेको हाम्रा संवाददाताले जनाएका छन् । साउन अन्तिमतिर आएर भएको वर्षाले धान रोपाइँ सक्किन लागेको छ ।

रोपेको रोपो हरियो फिरेर राम्रोसँग सप्रिएपछि किसान खुसी छन् । मौसममा आएको बदलीपछि सर्लाहीसहित आसपासका जिल्लामा गर्मी निकै कम भएको छ ।