logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

तीन सय मुस्लिम बालबालिकालाई शैक्षिक सामग्री वितरण


  • उज्यालो अभियान

चन्द्रनगर, २२ साउन – नेपाली कांग्रेस मधेश प्रदेशकी सदस्य शर्मिला थापाले बुधबार चन्द्रनगर गाउँपालिका–५, मा ३०० मुस्लिम बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेकी छन् ।

थापाले आफ्‌नो व्यक्तिगत खर्चमा समिमुल उलम स्लामिया मदरसामा अध्ययन गर्ने अतिविपन्न मुस्लिम बालबालिकालाई शैक्षिक सामग्री प्रदान गरेकी हुन् । अतिविपन्न मुस्लिम समुदायका बालबालिकाको शिक्षामा टेवा पुर्याउने उद्देश्यसहित विद्यालय ब्याग, कापी, किताब, पेन्सील, कटर र इरेजर प्रदान गरिएको कांग्रेस नेतृ थापाले जानकारी दिईन् ।

कांग्रेस चन्द्रनगर ५ का वडा सभापति जैनव खातुनको अध्यक्षतामा आयोजित कार्यक्रममा नेताहरु अनिल कर्ण, सोनेलाल साह, श्यामप्रसाद सिंह, इसा मन्सुर, जयराम राउत, बद्री सिंह, सोनाउल मन्सुर, रजाउल्लाह मन्सुरलगायतको उपस्थिति रहेको थियो ।